Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

एमसीसी र  गठबन्धन फरक विषय हुन् : प्रकाशशरण महत

फाइल तस्बिर

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अमेरिकी अनुदान सहयोग एमसीसी र सत्ता गठनबन्धन फरक विषय भएको बताएका छन् ।

 

नेपाल प्रेस युनियन चितवन शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा एमसीसी र सत्ता गठनबन्धन फरक विषय भएको बताएका हुन् ।

 

‘कांग्रेसले एमसीसी सदनमा लगेर छलफल गरौँ भनेको हो । गठबन्धन टुट्नु पर्छ भनेको छैन’ उनले भने ।
 

 

उनले सत्ता गठबन्धन र एमसीसी फरक विषय भएकाले एमसिसीका कारण गठबन्धनमा समस्या नहुनेमा कांग्रेस विश्वस्त रहेको बताएका छन् । उनले एमसीसीमा कुनै देशद्रोह नभएको बताएका छन् । उनले देशको हितमा रहेको पनि उल्लेख गरेका छन् ।

 

 

‘गठबन्धनको विषय एउटा हो एमसीसीको अर्को विषय हो । नेपालको सडक, विद्युत् ट्रान्समिसन लाइन बन्छ त्यो देश द्रोह हो ? संसद्मा पेश गरौँ, कमीकमजोरी भए आउँछन् । किन हिच्किचाहट भएको छ ?’ उनले भने ।
 

 

सभामुखले कुनै पनि विषयलाई रोकेर राख्ने अधिकार नभएको बताएका छन् । दलहरुका  एमसीसी बारेको स्पष्ट धारणा आउनुपर्ने पनि बताएका छन् ।

 

 

‘संसद्मा एमसीसी पक्षमा मत हाल्ने हो कि नहाल्ने, बाहिर बस्ने हो कि, भित्र बस्ने ? निर्णय गर्नु प¥यो’ उनले भने ।
 

 

 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी पास गर्छु भनेर पत्र पठाएको स्मरण गराएका छन् । विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि एमसिसी संसद्मा लैजान खोजिएको स्मरण गराउँदै प्रवक्ता डा महतले अहिले सत्ता बाहिर पुगेपछि कुरा नफेर्न एमालेसँग आग्रह गरेका छन् ।

 

 

‘प्रचण्डले एमसीसी पास गर्छौं भने सिग्नेचर गरेका हैनन् र ? एमसिसीका बारेमा आज एउटा कुरा भोलि अर्को कुरा । आज ठीक भोलि बेठीक । सत्तामा हुँदा ठीक नहुँदा बेठीक यस्तो पनि कुरा हुन्छ ?’ उनले भने ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै