Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सत्तारुढ दलहरुबीच निर्वाचनमा मिलेर जाने सहमति भइसकेको छ : नेपाल

फाइल तस्बिर

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरुबीच स्थानीय तह निर्वाचनमा मिलेर जाने सहमति भइसकेको दाबी गरेका छन् । 

 

बुधबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रिय कमिटीको बैठकमा बोल्दै अध्यक्ष नेपालले स्थानीय तह चुनावको तयारीको सन्दर्भमा सत्तारुढ दलहरुबीच मिलेर जाने सहमति भएको बताउका हुन् । सबै ठाउँमा मिल्न सकिदैन भने पनि पारस्परिक लाभ कसरी लिन सकिन्छ भन्ने विश्लेषण गरेर स्थानीय तहको निर्वाचनमा परिचालित हुन सिंगो पार्टी पंक्तिलाई उनले आह्वान समेत गरे । 

 

अध्यक्ष नेपालले अब सिंगो पार्टीको ध्यान स्थानीय तह निर्वाचनमा केन्द्रित हुने पनि स्पष्ट पारे । त्यसका लागि आवश्यक संगठन र योजना निर्माण गर्न जारी केन्द्रिय कमिटी बैठकले महत्वपूर्ण निर्णय लिनुपर्ने उनको भनाइ थियो । अध्यक्ष नेपालले एमालेप्रति संकेत गर्दै आगामी निर्वाचनमा शक्तिशाली छु भन्ने भ्रम पालेर बस्नेहरुलाई कमजोर छ भन्ने पुष्टि गरेर देखाउने गरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

 

‘हाम्रो सम्पूर्ण ध्यान अव निर्वाचनमा केन्द्रित हुनेछ । निर्वाचनको तयारीमा केन्द्रित हुनेछ । निर्वाचनको निम्तिनै संगठन, शक्तिको परिचालन, निर्वाचनको निम्ति नै योजनाको निर्माण सिंगो पार्टी पंक्ति उपयुक्त ढंगले परिचालन गरेर अगाडि बढाउनुपर्ने आवश्यक्ता छ । राष्ट्रियसभाको निर्वाचनमा हामीले केपी ओलीसँग प्रतिस्पर्धा गरेर जित हासिल गरेका थियौं । एक्लै चुनाव जित्ने स्थिति नभएपछि हामीले गठबन्धन गरेर चुनाव जित्यौं । अहिले पनि गठबन्धन कायमै छ । गठबन्धन दलहरुबीचको गठबन्धन तोड्नका लागि भयकंर षडयन्त्र भएको थियो । ती भयंकर षडयन्त्रहरुलाई हामीले विफल पा¥यौं,’ उनले भने ।

 

अध्यक्ष नेपालले दुई पटक आफ्नो पार्टीले एमालेसँग चुनावी प्रतिस्पर्धा गरेर जित हासिल गरेको उल्लेख गर्दै अब पनि त्यसै गरेर अघि बढने योजना रहेको पनि दोहो¥याए । एक्लै जित्ने अवस्था नभएपनि राष्ट्रियसभा निर्वाचनमा पनि सत्तारुढ गठबन्धनसँग मिलेर केपी ओलीलाई आफ्नो पार्टीले पराजित गरेको उनले स्मरण गराए ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

नेपाल–चीन सीमा नेचुङमा सशस्त्रको बीओपी

सशस्त्र प्रहरी बलले मुस्ताङको लोमान्थाङ–४ नेचुुङमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ ।  वातानुकुलित २४ कोठा सहित भवन निर्माणको बुधबार गृहसचिव महेश्वर न्यौपाने र सश...

फाल्गुण २५, २०७८