Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

माघ १८ सम्म सर्वाेच्चले यी ६ सेवा दिने

सर्वोच्च अदालतका केही न्यायाधीश, मुख्य रजिष्ट्रारलगायत ३१ जनालाई कोरोना संक्रमण भएको छ । 

 

 

आज सर्वोच्च अदालतले प्रेस विज्ञप्ति जारी गर्दै नयाँ भेरिएन्ट ओमिक्रोनसहितको जोखिमका कारण सर्वोच्च अदालममासेवा कटौती गरिएको जनाएको छ । आज बसेको फुलकोर्टले कोरोनाभाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न अत्यावश्यक भएको भन्दै ६ प्रकारका मात्र सेवा दिने निर्णय गरेको छ । साथै यही १८ माघसम्म सेवा संकुचन गर्ने निर्णय पनि गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

 

 

न्यायाधीश, मुख्य रजिष्ट्रारसहित ३१ जनालाई कोरोना संक्रमण देखिएपछि सोमबार बसेको बैठकले सेवा संकुचन गर्ने निर्णय गरेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिएका छन् ।

 

 

 

बन्दीप्रत्यक्षीकरण तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनहरुको नियमित सुनुवाइ, मुद्दा फिर्ता, तामेली एवम् मिलापत्रसम्बन्धी कामकारबाही, फौजदारी मुद्दाका थुनुवाका निवेदन तथा प्रतिवेदनउपर सुनुवाइ, हेर्दाहेर्दै र नि.सु.मा रहेका मुद्दाको सुनुवाइ लगायतका काम भने हुने सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिएका छन् ।

 

 


 

प्रतिक्रिया

116
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै