Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

संवैधानिक आयोगका पदाधिकारी नियुक्ति मुद्दामा सर्वोच्चद्वारा कारण देखाउ आदेश


सर्वोच्च अदालतले संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सम्बन्धमा राष्ट्रपति कार्यालय र सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश कुमार रेग्मीको इजलासले यस्तो आदेश दिएको हो ।

 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संवैधानिक परिषदले सिफारिस गरेका व्यक्तिहरूलाई संसदीय सुनुवाइबिनै नियुक्ति गर्नु संविधानविपरीत भएको भन्दै सरकारको निर्णय बदर गर्न माग गर्दै रिट निवेदन दायर गरेका थिए ।

 

सरकारले गत मंसिर ३० मा विभिन्न ११ वटा संवैधानिक निकायमा पदाधिकारी सिफारिस गरेको थियो । पुस ५ गते संसद सचिवालयमा सुनुवाइका लागि पठाए पनि सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाएका थिए । 

 

लगत्तै सिफारिसको ४५ दिन पुगेको भन्दै सरकारले उनीहरुलाई नियुक्त गरेको छ । नियुक्त भएकाहरुले पदबहाली पनि गरिसकेका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै