Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

आगामी बजेट आत्मनिर्भरता र पूर्वाधार विकासमा केन्द्रितः अर्थमन्त्री 

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आत्मनिर्भर अर्थतन्त्र र पूर्वाधार विकासमा केन्द्रित हुने बताएका छन् ।

 

मंगलबार संसदमा बजेटको आर्थिक सिद्धान्त तथा प्राथमिकता पेश गर्दै उक्त जानकारी दिएका हुन् । अर्थमन्त्री शर्माले बजेट आयात घटाउने, निर्यात प्रवर्द्धन गर्ने र आत्मनिर्भर अर्थतन्त्र विकासमा केन्द्रित हुने उल्लेख गरे ।

 

उनले विदेशी लगानी भित्र्याउने, निजी क्षेत्रमैत्री नीति ल्याउने, करको दायरा विस्तार गर्नेदेखि स्वदेशमै उत्पादन सम्भव भएको कृषिजन्य वस्तुको उत्पादनमा जोड दिइने उल्लेख गरे । 

 


मन्त्री शर्माले आन्तरिक उत्पादन घट्दै गएको र आयात अत्याधिक रुपमा बढ्दै गएकाले वर्तमान अर्थतन्त्रमा चुनौति रहेको बताए ।  उनले आगामी आर्थिक वर्षको बजेट उत्पादन बढाउने र आयातलाई घटाउनमा केन्द्रित हुने बताए ।  

 

आगामी आर्थिक वर्षको बजेट समाजवाद उन्मुख र आर्थिक रुपान्तरणका लागि हुने पनि अर्थमन्त्री शर्माको भनाइ छ । उनले बजेटको सिद्धान्तमा स्थानीय पूर्वाधार निर्माणका लागि अधिक बजेट विनियोजन गर्ने बताए । 

 


कुल राजस्वमा आन्तरिक राजस्वको हिस्सा बढाउँदै लैजाने शर्माको भनाइ छ । 

 


सन्तुलित र समावेशी आर्थिक विकास गरी ग्रामिण विकास र सामाजिक न्यायलाई प्राथमिकता दिएर बजेट निर्माण गरिने शर्माले बताए । आगामी बजेट निर्माण गर्दा विनियोजित कुशलता र मितव्ययिता, सेवा प्रवाहमा सुधार तथा स्रोत परिचालनमा प्रभावकारी बनाउने अर्थमन्त्री शर्माले बताए । कृषि र उद्योग प्रवर्धन गर्दै तुलनात्मक लाभका क्षेत्रलाई सरकारले बजेटमा सम्बोधन गर्ने उनले बताए । त्यस्तै राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा स्रोतको कमी हुन नदिने गरी बजेट आउने मन्त्री शर्माले बताए । 

 


उहाँले अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्ने र सेवा प्रवाहलाई सूचना प्रविधिमा आधारित बनाइने शर्माको भनाइ छ । मुलुकमा  भ्रष्टाचार घटाउँदै सरकारप्रति जनताको विश्वास बढाउने गरी काम गर्ने समेत अर्थमन्त्रीले बताए । उहाँले आगामी आर्थिक वर्षमा सरकारले दुई तह (प्रदेश र संघीय)को निर्वाचन समयमा नै गराउने बताए ।

 

 
अर्थमन्त्री शर्माले बजेटको सिद्धान्त तथा प्राथमिकता संसदमा पेश गर्दै निरपेक्ष गरिबी, सिमान्तकृत, दलित तथा आमजनताका आधारभूत आवश्यकता पूरा हुने गरी बजेट आउने बताए । उनले सार्वजनिक ऋणलाई वाञ्चित सीमा भित्रै राख्दै आर्थिक स्थायित्व कायम गरिने समेत बताए । मन्त्री शर्माले खेतीयोग्य सबै जमिनको उपयोग, गर्ने, जमिनमा सामूहिक खेती प्रणालीलाई बजेटमा जोड दिइने  उल्लेख गरे । 

 


औद्योगिक विकास, उद्योगको क्षेत्र बढाउने, औद्योगिक ग्राम बढाउने, उत्पादनमूलक उद्योग उत्पादन गर्न प्रोत्साहन दिइने समेत उनको भनाइ छ । स्थानीय तहमा पुग्ने कम्तीमा एउटा सडक बाह्रै्र महिना चल्ने गरी विकास गर्ने मन्त्री शर्माले बताए ।

 

विद्युत प्रसारण लाइन, लघु, मझौला जलविद्युत् आयोजनालाई प्राथमिकता दिई सबै नागरिकको पहुँचमा विद्युत पु¥याउने गरी बजेट आउने  शर्माले उल्लेख गरे । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै