Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

नुवाकोटमा डेन्टल सर्जन पाण्डे मृत फेला

नुवाकोटको सञ्जीवनी पोलिक्लिनिकमा कार्यरत डेन्टल सर्जन डा. शशांक पाण्डे मृत फेला परेका छन् । 

 

नुवाकोट घर भएका २६ वर्षीय डा पाण्डे आज बिहान सडकभन्दा अलि तल मृत अवस्थामा फेला परेको नुवाकोटका प्रहरी प्रमुख एसपी रामप्रकाश शाहले पर्दाफासलाई जानकारी दिए ।

 

उनका अनुसार शवको पोस्टमार्टमका लागि काठमाडौं लगिएको छ । सूचना आएपछि प्रहरीले सडकभन्दा तल लडिरहेको अवस्थामा पाण्डेलाई फेला परी त्रिशुली अस्पतालमा लगेको थियो । तर, अस्पतालमा पुग्नुअघि नै उनी मृत अवस्थामा रहेको चिकित्सकले जनाएका थिए ।

 

‘मौसम खराब र दुर्घटना भएको क्षेत्रमा लाइन पनि नभएकाले सडक दुर्घटनाबाट नै उहाँको मृत्यु भएको प्रारम्भिक अनुमान गरेका छौं,’ एसपी शाहले भने, ‘पोस्टमार्टम हुँदै छ, हामी पनि थप अनुसन्धान गर्दै छौं । त्यसपछि मृत्युको कारण अझै स्पष्ट हुनेछ ।’ 
 

प्रतिक्रिया

108
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै