
कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप लगाउन सुरु गरिएको छ । सोमबारदेखि काठमाडौंका विभिन्न खोप केन्द्र मार्फत् कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको हो ।
कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाइसकेका अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर खोप दिन थालिएको हो । काठमाडौंका विभिन्न स्थानमा भएका खोप केन्द्रहरुमा खोप लगाउनेको भीड रहेको छ ।
सञ्चालित खोप केन्द्रहरु मध्ये नर्भिक इन्टरनेशनल हस्पिटलमा पनि खोप लगाउनेहरुको भीडभाड रहेको छ । नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले सोमबारदेखि सुरु भएको बुस्टर खोप अग्रपंक्तिमा रहेर मुलुकको सेवा गर्नेहरुका लागि लगाइएको बताए । खोप अभियान जारी रहने उनको भनाई छ ।
बुस्टर
डोज खोप लगाउनका लागि यसअघि खोप लगाइसकिएको खोप कार्ड अनिवार्य गरिएको छ । यो खोप सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, सहिद मेमोरियल अस्पताल कलंकी, विरेन्द्र सैनिक अस्पताल छाउनी, लोट्से भवन नयाँ बसपार्क, नेपाल प्रहरी अस्पताल महाराजगंज, वीर अस्पताल, शुक्रराज ट्राफिकल तथा सरुवा रोग अस्पताल टेकुमा लगाईन्छ ।
त्यसैगरी छाउनी, बयोधा अस्पताल बल्खु, प्रसुती रोग तथा स्त्रीरोग अस्पताल थापाथली, निजामती अस्पताल नयाँ बानेश्वर, पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल सामाखुसी, काठमाडौं मोडल अस्पताल, एपेक्स पोलिक्लिनिक जुुडिबुटी, काठमाडौं मोडल अस्पताल, प्रर्दशनीमार्ग, जनमैंत्री अस्पताल बालाजु, शुभेच्छा अस्पताल थापाथली, नर्भिक अस्पताल थापाथली र नोबेल अस्पताल सिनामंगलबाट पनि सो खोपको मात्रा लगाउने व्यवस्था गरिएको छ ।
buy tadalafil 5mg - tadalafil us cialis coupon walmart
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
buy tadalafil 5mg - tadalafil us cialis coupon walmart