Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

प्रदेश सभाबाट पास हुन नसकेपछि लुम्बिनीको बजेट अध्यादेशबाट

लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ । प्रदेश सभाबाट बजेट पास गर्न नसकेपछि प्रदेश सरकारले मध्यरातमा अधिवेशन अन्त्य गरेको थियो । 

 

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको हो । मन्त्रिपरिषदले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख धर्मनाथ यादवले अर्थ र विनियोजन अध्यादेश जारी गरेका छन् ।

 

प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउनु परेकोबारे प्रष्ट पार्न आज दिउँसो बजे पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ । 

 

लुम्बिनीले आर्थिक वर्ष २०७८/७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट प्रदेश सभामा पेश गरेको थियो, जसमा चालूतर्फ १४ अर्ब ९३ करोड र पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । 

 

मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत बजेट फेल हुने देखेपछि बिहीबार मध्यराति अधिवेशन अन्त्य गरेका थिए । बजेटबारे मतदान प्रक्रियामा जाने बेलामा बिहीबार बहिस्कार गर्दै प्रदेशसभाबाट बाहिरिएका मुख्यमन्त्री पोखरेलले मध्यरातमा प्रदेश प्रमुख मार्फत प्रदेशसभा नै स्थगित गरेका हुन् । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै