Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

रचनात्मक प्रतिपक्षमा रहन्छौं : अध्यक्ष ओली

फाइल तस्बिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएको जनाउँदै अब आफूहरु सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताएका छन् ।     

     

पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षता गर्दैै अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण, विकास निर्माण र समृद्धिका लागि पार्टी निरन्तर सक्रिय रहने जनाए ।

 

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित बैठकमा अध्यक्ष ओलीले आफूहरु कुनै आवेग र उत्तेजनामा नआउने पनि स्पष्ट गरे ।     

     

उनले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापना हुने फैसलाप्रति असहमति रहने तर कार्यान्वयनमा जान अघि बढ्ने जनाए । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेता अनुपस्थित थिए ।     
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै