Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सांस्कृतिक सम्पदा बचाउन एनएमबी बैंकको हेरिटेज वाक कार्यक्रम

शनिबार एनएमबी बैंकको आयोजनामा नवौं हेरिटेज वाक कार्यक्रम सम्पन्न भएको छ ।

 

बबरमहलस्थित एनएमबी बैंकको प्रमुख कार्यालयबाट सुरु भएको यो कार्यक्रम बसन्तपुर डबलीसम्म पुगी समापन भएको हो । कोभिड–१९ को महामारीको कारण २ वर्ष रोकिएको यो कार्यक्रम  यस वर्षबाट पुनः आयोजना गरिएको हो ।

 


बैंकले समृद्ध नेपालको अपार सम्भावनासहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागी सांस्कृतिक सम्पदा प्रवर्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बताएको छ।

 

शनिबारको कार्यक्रममा करिब पाँचसय मानिसको सहभागिता थियो। उक्त कार्यक्रममा नेपाल हेरिटेज सोसाइटी तथा स्थानीय सिन्हा स्वान खलालाई डस्टविन पनि हस्तान्तरण गरिएको थियो । सोही प्रकारको कार्यक्रम प्रदेश १, २, ४,५,६ र ७ मा समेत गरिएको छ । 

 


उक्त हेरिटेज वाकमा साँस्कृतिक सम्पदालाई आफ्नो बच्चालाई जत्तिनै माया गरौं, यो मेरो साँस्कृतिक सम्पदा हो यसलाई म सफा राख्छु,साँस्कृतिक सम्पदा संरक्षण भावी सन्ततीको लागी मार्गदर्शन, अतिथिको सम्मानार्थ साँस्कृतिक सम्पदाको जगेर्ना लगायतका नारा अंकित प्ले कार्डहरु थियो । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै