Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

फेसबुकमा नक्कली आइडी बनाई चरित्र हत्या गरेको आरोपमा १ पक्राउ

विदेशमा रहेकी नेपाली युवतीको फेसबुकमार्फत चरित्र हत्या गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

 

 

समाजिक सञ्जाल फेसबुकमार्फत नक्कली आइडी बनाई चरित्र हत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले रूपन्देही बुटवल उपमहानगरपालिका ११ देवीनगर बस्ने २५ वर्षीय एलिस भन्ने राजन श्रेष्ठलाई नियन्त्रणमा लिएको साइबर व्यूरोले जानकारी दिएको छ ।

 

 

ब्यूरोले विद्युतीय कारोबार ऐन २०६३ बमोजिम श्रेष्ठले कसुर गरेकोले जिल्ला अदालत काठमाडौँको अनुमति लिई मंगलबार पक्राउ गरेको हो । श्रेष्ठमाथि विदेशमा अध्ययनरत नेपाली युवतीको चरित्र हत्या गरेको आरोप लागेको थियो ।

 

 

श्रेष्ठले नक्कली फेसबुक आइडीबाट तस्बिर भिडिओ तथा स्टाटस समेत पोष्ट गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । श्रेष्ठले त्यसरी लेखेको स्टाटस पीडितकी आफन्त लगायत साथीहरूलाई सेयर गरी चरित्र हत्या गरेको पनि ब्यूरोले जनाएको छ ।

 

 

अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट सात दिन हिरासतमा राख्न अनुमति पाएको पनि ब्यूरोले जानकारी दिएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

सिन्धुपाल्चोकमा सेनाको  ‘अपरेशन सेभ नाम्फा’

नेपाली सेनाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ पहिरोको उच्च जोखिममा रहेको नाम्फा बचाउन विशेष कारवाही सम्पन्न गरेको छ । 

फाल्गुण ४, २०७८