Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

नेपाल प्रहरीमा वरिष्ठ सई, वरिष्ठ हवल्दार र सहायक हवल्दारमा एकैपटक ३११६ जनाकाे बढुवा सिफारिस 

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ नायब निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा बढुवा सिफारिस गरेको छ । 

 

प्रहरी प्रधान कार्यालयले हाल नायब निरीक्षक रहेका १९१ जनालाई वरिष्ठ नायब निरीक्षक, हवल्दार रहेका ११७३ जनालाई  वरिष्ठ हवल्दार र प्रहरी जवान रहेका १७५२ जनालाई सहायक हवल्दारमा बढुवा सिफारिस गरेको हो । 

 

प्रहरी प्रधान कार्यालय बढुवा समितिका अनुसार वरिष्ठ नायब निरीक्षकमा बढुवा गर्नुपर्ने ११७१ मध्ये १९१ जनाको बढुवा सिफारिस भएको हो । यस्तै बढुवा हुने ३३८३ मध्ये हाल ११७३ वरिष्ठ हवल्दार र बढुवा हुने १४५६७ सिपाहीमध्ये १७५२ को बढुवा भएको हो । 

 

को परे बढुवामा हेरौं सूचीः 

 

सईबाट वरिष्ठ सई

 


हवल्दारबाट वरिष्ठ हवल्दार

 


प्रहरी जवानबाट सहायक हवल्दार 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै