Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

यथास्थितिमा एमसीसीको विपक्षमा मतदान गर्छौँ : देव गुरुङ

फाइल तस्बिर

सत्तारुढ नेकपा माओवादी केन्द्रले एमसीसी परियोजनाको विपक्षमा मतदान गर्ने भएको छ । 

 

 

बुधबार सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारले एमसीसी परियोजना संशोधन नगरी संसदमा पेश गरे त्यसको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । माओवादीले एमसीसी परियोजनालाई संशोधन र परिमार्जन नगरी यथास्थितिमा संसदबाट पारित गर्न नसकिने निर्णय गरेको पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङले बताएका छन् । 

 

 

उनले एमसीसी परियोजना अगाडि बढाउने हो भने राजनीतिक दलहरुका बीचमा राष्ट्रिय सहमति बनाउनुपर्ने बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सदन अवरुद्ध गरिरहेको अवस्थामा सदन सुचारु नभइकन कुनै पनि एजेण्डाहरु अगाडी बढ्न नसक्ने उनले स्पष्ट पारेका छन् । प्रमुख प्रतिपक्षलाई सदन सुचारु गर्न आग्रह गर्ने पनि उनले बताएका छन् ।

 

 

‘दलको बैठकले मुख्य रुपमा ३ वटा निर्णय गरेको छ । पहिलो कुरा यो एमसीसीमा रहेका असमान सर्तहरु, असमान राष्ट्रिय हित प्रतिकुलका प्रावधानहरु संशोधन नगरीकन, परिमार्जन नगरीकन, यथास्थितिमा यसलाई अगाडि बढाउन सकिदैनँ, यसलाई पास गर्न सकिदैन । र जबरजस्ती रुपले पास ग-यो भने पनि, जबरजस्ती रुपले लिएर आइयो भने हामी त्यसको विपक्षमा मतदान गर्ने, यसलाई संशोधन र परिमार्जन नगरीकन यसलाई समर्थन गर्न नसकिने । दोस्रो कुरा, सदन प्रतिपक्षी पार्टीले अवरुद्ध गरिराखेको अवस्था छ । सदन सुचारु गर्नलाई जोड दिने । सदन सुचारु नगरीकन कुनै पनि एजेण्डाहरु अगाडी बढ्दैन । त्यसकारणले सदन सुचारु गर्नलाई जोड दिने । विपक्षीसँग पनि आग्रह गर्ने । सदन सुचारु गर्नका लागि आग्रह गर्ने । तेस्रो कुरा, एमसीसीको इस्युमा राष्ट्रिय सहमति नजुटीकन दलहरुको बिचमा कमसेकम सर्वदलीय सहमति नजुटीकन यो प्रक्रिया अगाडी बढ्न सक्दैन । त्यसकारणले एमसीसी अगाडी बढाउने हो भने राष्ट्रिय सहमति जुट्नुपर्छ । दलहरुको बीचमा सहमति हुनुपर्छ । कमसेकम सरकारमा रहेका दलहरुको बिचमा सहमति हुनुपर्छ र दलहरुको बीचमा सहमति नभइकन यो अगाडी बढ्न सक्दैन भन्ने कुरा ३ वटा कुरा निर्णय भएको छ’ उनले भने ।

 

 

सत्तारुढ दलको सहमतिबिना एमसीसी परियोजना संसदबाट पारित भएमा गठबन्धन स्वतः तोडिने प्रमुख सचेतक गुरुङले बताएका छन् । गठबन्धन तोडेर एमसीसी अगाडी बढाइए माओवादी केन्द्र सरकारबाट बाहिरिने उनले बताएका छन् । 

 

 

‘सरकारले जर्बजस्ती गर्न खोज्यो भनेदेखि त अब सहमती बिना गर्ने कुरा त सरकारले गठबन्धन तोडेर गर्ने कुरा हो । गठबन्धन तोडेर गइसकेपछि सरकारमा रहने कुरा सायद आउँदैन । सरकारबाट बाहिरिने कुराको बारेमा चाहीँ मैले भनिहाले नि, हामी पाँच दलको सहमती बिना, पाँच दलको निर्णय बिना सरकारको निर्णय हुन सक्दैन । सरकारको निर्णय पाँच दलको निर्णयको आधारमा हुन्छ । गठबन्धनको प्रणाली अनुसार दलहरुको सहमतीको आधारमा गठबन्धनको निर्णय नै सरकारको निर्णय हुन्छ । गठबन्धनको निर्णय बिना सरकारको निर्णय हुन सक्दैन । त्यसकारणले गर्दाखेरी गठबन्धनको निर्णय बिना सरकारले अथवा कुनै घटकले आफ्नो ढंगले चल्न खोज्यो भने गठबन्धन तोडियो भन्ने कुरा हुन्छ । गठबन्धन तोडियो भने सरकार पनि स्वतः तोडिने कुरा आउँछ’ उनले भने ।

 

 

प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ । सो बैठकमा सरकारले एमसीसी परियोजना टेबुल गर्ने तयारी गरेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

पूर्व सभामुख महरा नेकपा स्थायी कमिटीमा मनोनयन 

नेपाल कम्युनिष्ट पार्टीको आइतबार बसेको स्थायी कमिटी बैठकले बलात्कार काण्डपछि मुुलधारको राजनीतिमा चर्चा बिमुख बनेका पूर्व सभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटीमा मनोनयन...

फाल्गुण ४, २०७८