
प्रदेश १ प्रहरी कार्यालयमा छोराको स्मृतिमा ‘उत्कृष्ट प्रहरी पुरस्कार’ का लागि अवकाश प्राप्त प्रहरी नायव उपरीक्षक बद्रीबिक्रम थापा (गोदार) ले ५ लाख धनराशीको अक्षयकोष स्थापना गरेका छन् ।
विराटनगर महानगरपालिका वडा नम्वर ३ निवासी अवकाश प्राप्त प्रहरी नायव उपरीक्षक बद्रीबिक्रम थापा (गोदार) र उनकी पत्नी बिमला थापा तथा छोरी बेनिजा थापाद्वारा ५ लाख रुपैया बराबरको अक्षयकोष स्थापना गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रदेश १ प्रहरी कार्यालयका अनुसार सवारी दुर्घटनामा परी निधन भएका स्वर्गीय विप्लव थापा (गोदार) को स्मृतिमा उनका परिवारजनले ‘बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ठ प्रहरी पुरस्कार’ कोषको स्थापना गरेका हुन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा आज थापाको परिवारले उक्त कोषको रकम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीलाई हस्तान्तरण गरेका छन् । उक्त पुरस्कार प्रदेश १ अन्तर्गत ट्राफिक दुर्घटना न्युनीकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक अनुसन्धान क्षेत्रमा उत्कृष्ट कार्य गर्ने १ जना प्रहरी कर्मचारीलाई प्रत्येक बर्ष पच्चिस हजार तथा प्रशंसा–पत्र प्रदान गरिने प्रदेश प्रहरीले जानकारी दिएको छ ।
आफ्नो घर परिवार नभनी अहोरात्र खटिने प्रहरी कर्मचारीहरुको मनोबल र उत्प्रेरणा बढाउने उद्देश्यले कोषको स्थापना गरिएको कोषका संस्थापकले बताए ।
коли почалась друга світова війна коли почалась друга світова війна коли закінчиться війна в україні передбачення
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
коли почалась друга світова війна коли почалась друга світова війна коли закінчиться війна в україні передбачення