
सगरमाथा खुम्बु जोड्ने वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बुमा विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ ।
सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङ ल्हाम्बु गाउँपालिकाको बीचमा रहेको दुधकोशी वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बु क्षेत्रमा धुम्न जाने पर्यटक वृद्धि भएको स्थानीयहरुले बताएका छन् । सगरमाथा खुम्बु जोड्ने ४८ मिटर लामो पुल निर्माण भएसँगै यस क्षेत्रमा कृषिजन्य सामाग्रीको ढुवानीदेखि घुम्न आउने पर्यटकको लागि राम्रो भएको स्थानीयहरुको भनाइ छ ।
सोलुखुम्बु जिल्ला प्रदेश नम्बर एकको ख तर्फका प्रदेश सांसद बद्रीकुमार राजभण्डारीले पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएसँगै खुम्बु क्षेत्रका स्थानीयले उपभोग गर्ने वस्तुको मूल्यमा कमी आएको बताएका छन् । उनले मोटरेबल पुल बनेपछि खुम्बुमा एक सिलिण्डर खाना पकाउने ग्याँसको मूल्य २३ सयबाट घटेर १९ सयमा आएको बताएका छन् । उनले एक किरेट अण्डाको मूल्य ७ सय पर्ने ठाउँमा ३ सयमा पाउने अवस्था आएको बताएका छन् ।
मोटरेबल पुल निर्माण भएसँगै खुम्बु क्षेत्रका स्थानीय जनताले दैनिक उपभोग्य वस्तुदेखि लिएर लत्ता कपडा समेत सस्तो भएको भन्दै हवाई उडान प्रभावित भएर लुक्ला विमान स्थलमा भीड गरेर बस्नु पर्ने पर्यटकको बाध्यताको अन्त्य भएका उनको भनाइ छ । उनले कोरोना महामारीको कारण घटेको पर्यटक पुल निर्माण भएसँगै वृद्धि भएको बताएका छन् ।
‘पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएसँगै खुम्बु क्षेत्रका स्थानीयले उपभोग गर्ने वस्तुको मूल्यमा कमि आएको छ । मोटरेबल पुल नहुँदा खुम्बुमा एक सिलिण्डर खाना पकाउने ग्याँसको मूल्य २३ सयबाट घटेर १९ सयमा आएको छ । अझ खुम्बु गाउँपालिका सम्म सडक निर्माण भएको छैन । सडक नपुगेको स्थानमा अहिले पनि एउटा खाना पकाउने ग्याँस सिलिण्डरको ४५ सय रुपैयाँ रहेको छ । त्यहाँसम्म मोटर बाटो पुग्ने हो भने ४५ सय रुपैयाँ पर्ने ग्यासको मूल्य २ हजार सम्म आउने थियो । त्यसको पहल हामीले गरिरहेका छौं’ उनले भने ।
‘त्यस्तै सडकमा पुलनिर्माण भएसँगै एक किरेट अण्डाको मूल्य ७ पर्ने ठाउँमा ३ सयमा पाउने अवस्था आएको थियो । मोटरेबल पुल निर्माण भएसँगै खुम्बु क्षेत्रका स्थानीय जनताले दैनिक उपभोग्य वस्तु देखि लिएर लत्ता कपडा समेत सस्तो भएको छ । त्यस्तै, हवाई उडान प्रभावित भएर लुक्ला विमानस्थलमा भिड गरेर बस्नु पर्ने पर्यटकको बाध्यताको अन्त्य भएका छ । विमान उडान प्रभावित हुँदा पनि पर्यटकहरु गाडीमा जान सक्ने अवस्था बनेको छ । कोरोना महामारीको कारण घटेको पर्यटक पुल निर्माण भएसँगै पर्यटकमा वृद्धि भएको छ । विश्वको अग्लो हिमाल सगरमाथामो चुचुरोमा पुग्नको निम्ति आउने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई पुल निर्माणले सहजता बनाएको छ’ उनले भने ।
त्यस्तै खुम्बु गाउँपालिकाका स्थानीय बासिन्दाहरुले पनि पुल निर्माण भएर मोटरबाटो सञ्चालनमा आएकोमा खुसी छन् । खुम्बुका स्थानीय गौरव राईले पुल निर्माणले खुम्बुका स्थानीयबासीलाई मात्रै नभएर विश्वबाट सगरमाथा आउने पर्यटकको लागि राम्रो भएको बताएका छन् । उनले सोलुखुम्बु हिमाली जिल्ला भएको र मौसम परिर्वतन भइरहने भएकाले कतै आवत जावतको लागि हवाइ उडानमार्फत गर्नुपर्ने अवस्था रहेको तर गरिब जनताको पँहुच नपुग्नेको लागि सडक पुल निर्माणले महत्वपूर्ण योगदान गरेको बताएका छन् ।
‘पुल निर्माणले खुम्बुका स्थानीयबासीलाई मात्रै नभएर विश्वबाट सगरमाथा आउने पर्यटकको लागि राम्रो भएको छ । सोलुखुम्बु हिमाली जिल्ला भएको र मौसम परिर्वतन भइरहने भएकाले कतै आवत जावतको लागि हवाइ उडान मार्फत गर्नु अवस्था रहेको तर गरिब जनताको पँहुज नपुग्नेको लागि सडक पुल निर्माणले महत्वपूर्ण योगदान गरेको छ । पुल निर्माणले पर्यटन क्षेत्रको विकास तथा स्थानीयबासीलाई व्यवसायी बनाउन सहयोग गर्ने छ’ उनले भने ।
खुम्बुमा सडक सञ्चालन नहुँदा यस क्षेत्रको अवस्था एकदमै कठिन रहेको तर पुल निर्माण भएर सञ्चालनमा आएसँगै खुम्बुमा उत्पादन भएका कृषिजन्य वस्तु अन्य स्थानमा लगेर बेच्न सक्ने अवस्था आएको स्थानीयबासीन्दाहरुको भनाइ छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit