Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालको नेतृत्वमा सहायता सामग्री लिएर नेपाली टोली अफगानिस्तान प्रस्थान

अफगानिस्तानी जनताका लागि सहायता सामग्री बोकेर नेपाली टोली अफगानिस्तान प्रस्थान गरेको छ । आइतबार परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालको नेतृत्वमा अफगानिस्तानी जनतालाई आवश्यक औषधी, घरायसी सामग्रीहरु र लत्ता कपडा बोकेर नेपाली टोली अफगानिस्तान प्रस्थान गरेको हो । 

 


अफगानिस्तानमा गत अगष्टमा तालिवानले आफ्नो हातमा सत्ता लिएपछि त्यहाँ आर्थिक तथा मानविय संकट उत्पन्न भएको छ । अफगानिस्तानमा हाल खाद्यान्नको अभाव हुनुका साथै लाखौँ बालबालिकालाई कुषोषण हुन थालेको छ । संयुक्त राष्ट्रसंघले नेपाल सरकारलाई अफगानिस्तानमा सहायता सामग्री पठाउन अनुरोध गरेसँगै नेपालमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघ लगायतका निजी क्षेत्रहरुको अग्रसरतामा सहायता सामग्री पठाइएको हो । 

 


टोलीमा सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधिका साथै पत्रकारहरु समेतको सहभागिता रहेको छ । टोली अफगानिस्तान प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्रसंघले दिएको सूची अनुसार औषधी, घरायसी सामग्री र लत्ता कपडाहरु लिएर नेपाली टोली जाँदै गरेको बताए । करिब १४ टन बराबर सामान रहेको उनले जानकारी दिए । उनले भने, ‘झन्डै १४ टन सामान जस्तो लाग्छ हामीलाई मोटामोटी । यसमा संयुक्त राष्ट्रसंघले दिएको लिष्ट जहाँ औषधी उपचारको लागि औषधीमुलो र साथसाथै घरायसी सामानहरु र लत्ता कपडाहरु यि तिन क्याटेगोरीका सामानहरु हामीलाई संयुक्त राष्ट्रसंघले यस अनुसार प्रदान गर्नका लागि अनुरोध गरेको थियो । त्यस अनुसार सामानहरु लादै छौँ ।’

 

 

परराष्ट्र मन्त्री खड्काले विश्वका जुनकुनै कुनामा रहेका जनताहरुलाई अप्ठ्यारो पर्दा नेपालले मानविय सहयोग पु¥याउन सामथ्र्य राख्ने बताए । अफगानिस्तानी जनतालाई सहयोग गरेसँगै नेपालको छवि र प्रतिष्ठा अन्तर्राष्ट्रिय जगतमा बढ्ने विश्वास उनले  व्यक्त गरे । उनले भने, ‘हामी अब विश्व समुदायलाई देखाउने सामथ्र्य पनि छौँ । हामीसँग त्यो क्षमता छ । र हामीहरु पनि विश्वका जनताहरु जहाँसुकै , कुनै कुनामा भएपनि संकटमा पर्दाखेरी मानविय सहयोग पु¥याउनका लागि त्यो सामथ्र्य नेपालले राख्छ भन्ने एउटा उदाहरण पेश गर्नका लागि पनि आजको यो प्रयास हो । यसले नेपालको छवि र प्रतिष्ठालाई पनि अन्तर्राष्ट्रिय जगतमा बढाउने छ भन्ने मैले विश्वास लिएको छु । यो ऐतिहासिक प्रयास पनि हो ।’

 

 


नेपाली टोली हिमालय एयरलाइन्सको जहाजबाट प्रस्थान गरेको हो । सहायता सामग्री काबुलस्थित संयुक्त राष्ट्रसंघको प्रतिनिधिलाई हस्तान्तरण गरेसँगै टोली आइतबार (आजै) नै स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया

1
  • Kqniep

    फाल्गुण ३, २०७८

    order tadalafil 5mg pill - cheap tadalafil purchase cialis without prescription

प्रतिकृया थप्नुहोस्
  • Kqniep

    फाल्गुण ३, २०७८

    order tadalafil 5mg pill - cheap tadalafil purchase cialis without prescription

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै

भारतीय कारागारमा ३९ वर्षदेखि बन्दी जीवन बिताइरहेका इलामका दीपक जैसी रिहा हुँदै

भारतको पश्चिम बंगाल सरकारको अधिनमा रहेको दमदम सेन्ट्रल करेक्सन होममा पछिल्लो ३९ वर्षदेखि बन्दी जीवन बिताइरहेका डुप्तप्रसाद तिम्सिना (जैसी) नाम भएका दीपक जोशीको रिहाईका...

माघ २, २०७८