
यस वर्षको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सप्ताहव्यापी रुपमा मनाइने भएको छ ।
हरेक वर्ष डिसेम्बर १८ को दिन मनाउँदै आइएको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस यस वर्ष पनि विभिन्न कार्यक्रमहरु गरी सप्ताहव्यापी रुपमा मनाउन लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तथा अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०२१ मूल समारोह समितिका अध्यक्ष एक नारायण अर्यालले जानकारी दिएका छन् ।
यस वर्षको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको मुल नारा मानव गतिशीलताको सम्भावनाको सदुपयोग तय गरी अन्तर्राष्ट्रिय स्तरमा मनाइँदै छ भने राष्ट्रिय रुपमा ‘सचेत, सीपमूलक र सुरक्षित रोजगार ः मर्यादित श्रम आप्रवासनको मूल आधार’ तय गरी मनाइने भएको छ । दिवस डिसेम्बर १८ को दिन रहेको भएपनि डिसेम्बर १६ देखि डिसेम्बर २२ सम्म तिनै तहको सरकार, आप्रवासको क्षेत्रमा काम गर्ने सबै संघ, संस्थाहरु समेतको सहभागितामा सप्ताहव्यापी रुपमा मनाउन लागिएको उनले बताएका छन् ।
उनले विश्वका ११० मुलुकमा वैधानिक रुपमा नेपालीहरु पुगेका र विभिन्न माध्यमले पुगेका गरी १७२ मुलुकमा नेपालीहरु रहेको उल्लेख गरेका छन् । आप्रवासनमा रहेका नेपालीहरुले भोगेको समस्याको सम्बन्धमा सरकारले सहजीकरण गरिरहेको उनले बताएका छन् । सरकारले नयाँ नयाँ गन्तव्य र वैदेशिक रोजगारको अवसर खोजिरहेको उनको भनाइ छ ।
सरकारले वैदेशिक रोजगारलाई प्रविधिमैत्री बनाउने उनले बताएका छन् । वैदेशिक रोजगारीको सम्बन्धमा हुने कुनैपनि प्रकारको ठगीलाई नियन्त्रण गर्नका लागि मन्त्रालयले ‘-यापिड रेस्पोन्स टिम’ नै गठन गरेको पनि उनले जानकारी दिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार (३० मंसिर २०७७) को अपरान्ह जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा उपस्थित बहुमत सदस्यले गरेको निर्णय मान्य हुने बुँदा थपिए...
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit