Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

काठमाडौंमा फेरि थुप्रियो फोहोर 

काठमाडौंमा पुनः फोहोर थुप्रिएको छ ।

 

काठमाडौं महानगरभित्रका विभिन्न शहर तथा गल्लीहरुमा हप्ता दिन भन्दा बढी समयदेखि फोहोर उठ्न सकेको छैन । 

 

फोहोर नउठाउँदा चोक–चोकमा फोहोरको डङ्गुर थुप्रिएर दुर्घन्धित बनेको छ ।

 

सबैको ध्यान स्थानीय तह निर्वाचनको मत परिणामतिर केन्द्रित भइरहँदा काठमाडौंमा फोहोर उठाउने तर्फ भने कसैले ध्यान नदिएको हो कि भन्ने आभाष हुन थालेको सर्वसाधारण बताउँछन् । 

 

कहिले सिलडोलबासिको आन्दोलन त कहिले के कारणले गर्दा विभिन्न समयमा काठमाडौंमा हप्तौसम्म फोहोर नउठ्ने गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै