
पाकिस्तान सातौंपटक संयुक्त राष्ट्रसंघको गैर–सरकारी संस्था (एनजीओ) कमिटीमा निर्वाचित भएको छ।
पाकिस्तानको विदेश मन्त्रालयले बिहीबार राष्ट्रसंघको एनाजीओ कमिटीमा निर्वाचित भएको जानकारी दिएको हो।
‘पाकिस्तान कमिटीमा निर्वाचित हुनुले राष्ट्रसंघको काममा पाकिस्तानको भूमिका र योगदानप्रति अन्तर्राष्ट्रिय समुदायको विश्वासलाई प्रतिबिम्बित गर्छ’, विदेश मन्त्रालयले विज्ञप्तिमा भनिएको छ।
बुधबार राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषदमा निर्वाचन भएको थियो।
उक्त निर्वाचनको आधारमा पाकिस्तानले राष्ट्रसंघको एनजीओ कमिटीमा स्थान पाएको हो।
एनजीको कमिटीको सदस्यको रुपमा पाकिस्तानले राट्रसंघ र विभिन्न सरकारहरुसँग मिनेर काम गरिरहेका संस्थाहरुबीचको समन्वयको काम गर्नेछ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit