Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

समाज रुपान्तरण अभियानमार्फत महत्वपूर्ण काम गरिरहेका छौँ : मुख्यमन्त्री राउत

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले समाज रुपान्तरणको अभियानमार्फत् महत्वपूर्ण काम गरिरहेको बताएका छन् ।

 

मंगलबार प्रदेश सरकार स्थापना भएको चार वर्षको उपलब्धि सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले समाजमा रहेका विकृति, विसंगतिहरुलाई अन्त्य गर्नका लागि सामाजिक रुपान्तरणको अभियान सञ्चालन गरिरहेको बताएका छन् । उनले समाजमा पछि पारिएका महिला, दलितलगायतका उत्पीडितहरुलाई मूल प्रवाहमा ल्याउनका लागि प्रदेश सरकारले काम गरेको बताएका छन् । यस अवधिसम्म बेटी पढाऔँ, बेटी बचाऔँ अभियान, छोरी शिक्षा बीमाको कार्यक्रम, साइकल वितरण तथा लोकसेवा कक्षा सञ्चालन लगायतका महत्वपूर्ण कामहरु गरिएको उनले उल्लेख गरेका छन् ।

 

 

‘समाजका रुपान्तरण गर्ने किसिमका अभियानहरु पनि सञ्चालन गरेका यहाँहरु देख्नुहुनेछ । निश्चित रुपमा समाजमा रहेका कुरिति, आर्थिक, समाजमा रहेका विभिन्न किसिमका विकृतिहरुलाई जबसम्म महिलालाई सशक्त बनाइदैनँ, दलितलाई मेनस्ट्रिममा ल्याइदैनँ, उत्पीडनमा रहेका समुदायहरुलाई जबसम्म अगाडी ल्याउँदैनौँ । निश्चित रुपमा यो समाजलाई रुपान्तरण गर्न सकिदैनँ । यसका लागि यहाँहरुलाई थाहा होला, बेटी पढाऔँ, बेटी बचाऔँ अभियान हामी शुरु ग¥यौँ । छोरी शिक्षा विमाका कार्यक्रम ल्यायौँ  बीचमा कोभिडको कारणले केही समय यो स्थगित रहेको थियो । तर अहिले फेरि हामी सञ्चालन गर्ने क्रममा छौँ । साइकल वितरण गर्ने कार्यक्रम पनि हामी सञ्चालन ग¥यौँ । लोकसेवाका कक्षा सञ्चालन पनि ग-यौँ’ उनले भने ।

 

 

उनले प्रदेश सरकार सम्हालेको पहिलो आर्थिक वर्षमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सफल भ्रमण गराउनु र  भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पनि भ्रमण गराउनु सरकारको उपलब्धि भएको उल्लेख गरेका छन् ।

 

 

मुख्यमन्त्री राउतले विभिन्न मन्त्रालयमार्फत् ल्याइएका नीति, कार्यक्रम र योजनाहरुलाई सरकारले क्रमशः कार्यान्वयन गर्दै लगेको बताएका छन् । मधेश प्रदेशका जनताको चाहना र आकांक्षालाई सम्बोधन गर्न सरकारले निरन्तर प्रयास गर्दै आएको उनको भनाइ छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै