Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

तालिबानद्वारा महिला अधिकार र समावेशिताको उल्लंघन : संयुक्त राष्ट्र संघ

तालिबानले अफगानिस्तानमा महिला अधिकार र समावेशितासम्बन्धी आफ्नो प्रतिज्ञा भङ्ग गरिरहेको संयुक्त राष्ट्रसंघकी अधिकार प्रमुखले सोमबार बताएकी छिन् ।

 

प्रमुख मिशेल बाचेले प्रदर्शनकारीहरू विरुद्धको हिंसा र कथित प्रतिशोधात्मक हत्याको आलोचना समेत गरेकी छिन् । त्यहाँका सुरक्षा बलका पूर्व सदस्यहरू, अघिल्लो प्रशासनका लागि काम गरिरहेका र पत्रकारहरूलाई घरघरमा पुगेर गिरफ्तारी गर्ने र यातना दिने गरिएको घटनाको भत्र्सना गरेकी छिन् ।  

 

विभिन्न स्थानमा तालिबानका नजरमा शत्रुवत् ठानिएकाहरू मृत अवस्थामा समेत भेटिएका छन् । उनले जेनेभामा संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्लाई गरेको रिपोर्टअनुसार कथित कार्यवाहक मन्त्रिपरिषद्को समावेशिताको सवाल केवल प्रचारबाजी मात्र रहेको जसमा महिला र गैर तालिबानको संलग्नता नरहेको बताएकी छिन् ।

 

अफगानिस्तानमा तालिबानको सत्ता सुदृढीकरणको लागि गत हप्ता पुरुष बफादारहरूको सरकारको घोषणा एक सैन्य विजयको थप शृङ्खला थियो, जसको आशय अगस्ट १५ मा अमेरिका समर्थित प्रशासनको पराजय भएको देखाउनु थियो ।

 

१९९६ देखि २००१ सम्म क्रूर र दमनकारी शासनका लागि कुख्यात तालिबानले यस पटक त्यसलाई बिर्साउन र लोकप्रियता कमाउन अझ धेरै आश्वासन दिएको छ । तर सरकारका मुख्य नियुक्ति र अन्य विषयले गर्दा उक्त आश्वासनमा शंका उत्पन्न भएको छ ।

 

गत महिना एक विशेष सत्रका क्रममा अनुरोध गरिएको अधिकार स्थितिको बारेमा काउन्सिलको एक अपडेटमा अधिकार प्रमुखले जोड दिँदै भनेकी छिन्, ‘धेरैजसो अफगानीहरू दशकौंदेखि जारी संघर्ष र विभाजन को अन्त्य हेर्नका लागि उत्सुक थिए ।’

 

उनले थपिन्, ‘उनीहरू देशमा शान्ति र स्थिरता चाहन्छन् जहाँ  आफू र आफ्ना बच्चाहरू बच्चाहरु समृद्ध हुन सकून् ।’

 

उनले तालीबानीहरूको महिला अधिकार र सम्मानको घोषणाको विषयलाई स्मरण गराएकी छिन् तर पछिल्ला केही हप्तादेखि महिलाहरूले सार्वजनिक सेवाहरू छाडिरहेको विषयले भने उक्त घोषणाको विपरीत गतिविधिहरू देखिएको छ । उनले महिला र अन्य अधिकारका  विषयलाई सम्बोधन र लागू गर्नका लागि एक प्रभावकारी सम्यन्त्र बनाउन आग्रह गरेकी छिन् ।

 

केही अधिकारवादी समूह र केही देशहरूले यो आशा पनि व्यक्त गरेका छन् कि  अक्टोबरसम्म चल्ने वर्तमान काउन्सिलले यस विषयमा थप प्रभावकारी निर्णय लिनेछ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै