Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

विश्वासको मत पाए लगत्तै देउवालाई मोदीले दिए बधाई

प्रतिनिधि सभा संसदबाट विश्वासको मत पाए लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् ।

 

मोदीले आफ्नो ट्विटर ह्यान्डलबाट बधाई दिँदै देउवासँग आगामी दिनमा काम गर्न इच्छुक रहेको बताएका छन् । उनले लेखेका छन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना । म हाम्रो सबै क्षेत्रमा रहेको अनौठो साझेदारीलाई बढाउन र नागरिकको बीचमा रहेको गहिरो सम्बन्धलाई मजबुत बनाउन तपाईंसँग सहकार्य गर्न तयार छु ।’


प्रधानमन्त्री देउवालाई आइतबार १६५ जना सांसदले विश्वासको मत दिएका थिए । प्रधानमन्त्री देउवाको विपक्षमा ८३ मत खस्यो भने ‘मत दिन्नँ’ भन्ने पक्षमा १ मत खसेको थियो ।

 

सर्वोच्च अदालतको परमादेश अनुसार देउवालाई साउन ३० गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदको शपथ ग्रहण गराएकी थिए । सम्वैधानिक व्यवस्थाअनुसार यसरी नियुक्त भएका व्यक्तिले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै