Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

रणभीम गणको कोतमा सेनाका सिपाहीले गरे गोली हानी आत्महत्या

महोत्तरीको जलेश्वर नगरपालिका–९ प्रकौलीमा रहेको नेपाली सेनाको रणभीम गणमा बुुधबार बिहान नेपाली सेनाका एक सिपालीले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् ।

 

 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी प्रकाश विष्टका अनुसार मृत्युु हुने नेपाली सेनाका सिपाही अम्बिर तामाङ हुन् । रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ घर भएका तामाङले बुधबार बिहान करिब ६ बजे आफैँलाई गोली हानी आत्महत्या गरेको डीएसपी विष्टले बताए ।  

 

 

रणभीम गण प्रकौली (ख) गुल्म दरबन्दी भएका तामाङको बुधबार बिहान ३ देखि ५ बजेसम्मको डिउटी थियो । ब्यारेकको अतिथिगृहसँगै रहेको कोतमा डिउटीमा खटिएका उनले अर्का सिपाही हतियार बुझाएर गएपछि एक्लै भएको अवस्थामा आफैलाई गोली हानेको प्रहरीले जनाएको छ । 

 

 

तामाङले फाइभ प्वाइन्ट फाइभ मिनी इन्सास राइएफलले  आफ्नै बाँया कन्चटमा गोली हानेका थिए । उनको घटनास्थलमै मृत्यु भएको हो । 

 

 

सिपाही तामाङले के–कति कारणले आफैँलाई गोली हाने भन्नेबारे अहिलेसम्म केही खुलेको छैन । उनको मृत शरीर सोही स्थानमा सुरक्षित राखी थप अनुसन्धान तथा सर्जमिन मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै