
प्रतिनिधि सभा सदस्य प्रेम सुवालले नेपाली सेना र अमेरिकी सेनाबीचमा दश बुँदे सहमति हुन लागेको भन्दै सो विषयको सम्बन्धमा सरकारको जवाफ माग गरे ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा उनले विगतमा एमाले नेतृत्वको सरकारका मन्त्रीहरुको पनि यस विषयमा संलग्नता रहेको भन्दै जिम्मेवार सबै पार्टीका मन्त्रीहरुले संसदलाई यथार्थता जानकारी गराउनुपर्ने माग गरे । उनले सो विषय स्पष्ट नभएसम्म प्रतिनिधि सभा बैठक अगाडी बढाउन नमिल्ने धारणा राखे ।
प्रतिनिधि सभा सदस्य सञ्जय कुमार गौतमले बर्दिया राष्ट्रिय निकुञ्ज वरपर रहेका बस्तीहरुलाई स्थानान्तरण गर्नुपर्ने बताए । सांसद गौतमले बर्दिया जिल्लामा राष्ट्रिय निकुञ्जमा रहेका वन्यजन्तुबाट मानव बस्ती असुरक्षित बनेको बताए ।
उनले वन्यजन्तुको आक्रमणबाट वर्षेनी मानिसहरुको मृत्यु हुने गरेको भन्दै निकुञ्ज वरपर रहेका बस्तीहरुलाई स्थानान्तरण गरिनुपर्ने बताए । उनले मानिस र वन्यजन्तुबीच द्वन्द्व बढिरहेको भए पनि सरकार गम्भीर नभएको जनाए । सांसद गौतमले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्नुपर्ने पनि बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit