
रुसले अमेरिकी कांग्रेसका ३९८ सदस्यहरूलाई आफ्नो यात्रा प्रतिबन्धको सूचीमा थपेको छ । रुसको विदेशमन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै उनीहरुलाई यात्रा प्रतिबन्धको सूचीमा थपिएको जानकारी दिएको हो ।
यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले मार्च २४ मा रुसको संसद डुमाका ३२८ सांसदमाथि लगाएको प्रतिबन्धको विरोधमा रुसले उक्त प्रतिबन्धको घोषणा गरेको हो ।
बाइडेनले युक्रेनलाई थप ८० करोड डलर अनुदान दिने निर्णय गरेसँगै रुसले यस्तो कदम चालेको हो ।
त्यस्तै रुसले क्यानडाका ८७ सांसदमाथि पनि प्रतिबन्ध लगाएको छ ।
गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । त्यसयता अमेरिका, ईयू तथा उनीहरुका सहयोगी मुलुकले निरन्तर रुसमाथि प्रतिबन्ध लगाउँदै आएका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit