Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

जम्मु कश्मीरमा प्रहरी इन्काउन्टरमा मारिए चार आतंकवादी

भारत प्रशासित जम्मु कश्मीरमा बिहीबार भारतीय प्रहरीको इन्काउन्टरमा चार आतंकवादी मारिएका छन् ।

 

भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार शोपियानको जैनापोरा क्षेत्रमा उक्त इन्काउन्टर भएको हो । 

 

प्रहरीका अनुसार अहिले अन्य आतंकवादीहरुको खोजी कार्य चलिरहेको छ ।

 

खोजी कार्यका लागि प्रहरी तथा सुरक्षा फौज खटाइएको समाचारमा उल्लेख छ ।

 

एक प्रहरी अधिकारीका अनुसार आतंकवादीहरु उक्त क्षेत्रमा रहेको सूचनाको आधारमा प्रहरीको टोली खटाइ अपरेसन सुरु गरिएको थियो ।  

प्रतिक्रिया

सम्बन्धित समाचार सबै