Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

भारतको मिसाइल पाकिस्तानमा खसेको घटनामा अन्तर्राष्ट्रिय जाँचको माग

पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) मोइद युसुफले भारतको मिसाइल पाकिस्तानमा खसेको सम्बन्धमा अन्तर्राष्ट्रिय जाँचको माग गरेका छन् । 

 

शुक्रबार एक भिडियो सन्देशमा उनले भारत सरकारले यस घटनाको बारेमा पाकिस्तानलाई सूचना दिन पनि नचाहेको जनाएका छन् । उनले मिसाइलबाट ठूलो क्षति हुनसक्ने पनि जनाए । 

 

पाकिस्तानले यसबारे खुलासा गरेपछि मात्र भारतले आफ्नो मिसाइल भएको स्वीकार गरेको युसुफले बताए । भारतको यो गैरजिम्मेवार व्यवहारको अध्ययनका लागि पाकिस्तानले अन्तर्राष्ट्रिय जगत्लाई बोलाउने उनको भनाइ थियो । 

 

उनले विश्वजगत्लाई शान्ति र स्थिरताको पक्षमा लाग्न पनि आग्रह गरे । बुधबार भारतको उच्च गतिको मिसाइल पाकिस्तानमा खसेको थियो । भारतको रक्षा मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै ‘नियमित मर्मतसम्भार क्रममा प्राविधिक समस्याका कारण दुर्घटनावश मिसाइल खसेको’ उल्लेख गरेको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार सबै