Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

मोरङमा ७० वर्षीया आमाको हत्याको आरोपमा छोरा पक्राउ

आफ्नै ७० वर्षीया आमाको हत्या गरेको आरोपमा मोरङबाट १ जना पक्राउ परेका छन् ।

 

 

मोरङको उर्लाबारी नगरपालिका ४ आइतबारे बस्ने ३५ वर्षीय गंगाप्रसाद भण्डारीले आफ्नै ७० वर्षीया आमा चन्द्रमाया भण्डारीलाई चिरपट प्रहार गरी हत्या गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 

घरायसी विवाद उत्पन्न भएपछि आइतबार साँझ गंगाप्रसादले आमालाई चिरपट प्रहार गरेको प्रहरीले जनाएको छ । चिरपट प्रहारबाट घाइते भएकी चन्द्रमायालाई उपचारका लागि मदन भण्डारी अस्पताल लगिएको प्रहरी जनाएको छ । 

 

 

उनको अवस्थामा सुधार नआएपछि ट्रमा सेण्टर मंगलबारेमा लगिएको र सोही अस्पतालमा आइतबार राति चन्द्रमायाको मृत्यु भएको प्रहरी जनाएको छ । 

 

 

गङ्गाप्रसादलाई सामान्य मानसिक समस्या पनि देखिएको  अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ । उनीविरुद्ध कर्तज्यान मुद्दा चलाउने तयारी भएको प्रहरीले जानकारी दिएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै