Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

पारिश्रमिक नपाएपछि मनमोहन अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित


सम्झौता गरेअनुसार बाँकी रहेको पारिश्रमिक नदिएको भन्दै मनमोहन मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आन्दोलित भएका छन् । 

 

अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तीन महिना भित्रै बाँकी रहेको सम्पूर्ण पारिश्रमिक भुक्तानी गर्ने सहमति गरेको थियो । तर, सहमतीको तीन महिना बितिसक्दा पनि बाँकी रहेको पारिश्रमिक उपलब्ध नगराएको भन्दै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु धर्ना बसेर विरोध जनाएका हुन् । 

 

 

 

व्यवस्थापनले आफूहरुको कामको अवमूल्यन गरेको, यसअघि गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै शान्तिपूर्ण धर्नामा उत्रिएको कर्मचारीहरुको भनाइ छ । आफूहरुको जायज माग सम्बोधन गर्न अविलम्ब वार्तामा बस्नुपर्ने उनीहरुले बताए । 

 

 

श्रमिकको माग पूरा गर्नुपर्ने, श्रमिक प्रतिनिधिसँग गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने तथा श्रमिकको रोजगारीको सुनिश्चितता गर्नुपर्ने लगायतको माग राखिएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै