Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

 न्यायपालिकाको निर्णयलाई सबैले शिरोधार्य गर्नुपर्छ : उपप्रम पोखरेल


उपप्रधानमन्त्री ईश्वर पोखरेलले लोकतन्त्रवादीेले न्यायालयको फैसला मान्नुपर्ने बताएका छन् । प्रेस संगठन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले न्यायालयको फैसला आफूहरुले मान्ने स्पष्ट पारेका हुन् ।     

 

‘न्यायालयले जे फैसला गर्छ, त्यसलाई हामी मान्दैनौँ भनेर कसले भन्छ र,’ उनले भने, ‘न्यायपालिकाले गर्ने फैसलाप्रति विमति जनाउने कुन लोकतन्त्रवादी हुन्छ ?’ शक्ति पृथकीकरणको सिद्धान्तलाई आफूहरुले विश्वास गर्ने जनाउँदै उनले न्यायपालिकाको निर्णयलाई सबैले शिरोधार्य गर्नुर्ने बताए ।     

 

राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिका लागि दुई वामपन्थी दलबीच एकता गरिए पनि संकट आएका कारण दिगो हुन नसकेको पोखरेलले बताए । 

 

‘राजनीतिक स्थिरताका लागि ताजा जनादेशमा जानुपर्ने अवस्था आएर विघटनको निर्णय भएको हो,’ उनले भने, ‘ताजा जनादेशमा जाने कुरा असंवैधानिक र अलोकतान्त्रिक कसरी हुन सक्छ ?’

 

निर्वाचन तोकिएकै समयमा हुने जनाउँदै उनले यसलाई हुन नदिनका लागि कुनै खालका कोशिश नगर्न सबैलाई अनुरोध गरे ।   
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै