
दोस्रो ब्यक्तिसँग भागी विवाह गरेकी आफ्नी पूर्व श्रीमतीको हत्या गरेको आरोपमा सोलुखुम्बु प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
स्थानीय सोताङ गाउँपालिका–३ बानेल्द बस्ने २८ वर्षीया सोमा लामाको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २९ वर्षी होमबहादुर राईलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।
होमबहादुरकी श्रीमती सोमालाई छिमेकी २६ वर्षीय नन्दराज राईले गत वैशाख महिनामा लगेरसँगै बस्दै आएका थिए ।
बुधबार सोही ठाउँ बस्ने कुमार राईको घरमा दुवैजनाको भेट भई विवाद हुँदा होम बहादुरले सोमालाई खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
घटनाको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले होम बहादुरलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
प्रहरीले केही दिनअघि नियन्त्रणमा लिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताका साथबाट नेपाली सेनाको युद्ध भैरब गणसँग सम्बन्धित महत्वपूर्ण...
सामाजिक सञ्जाल फेसवुक मार्फत १० लाख २८ हजार रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय स्याङजाले एक युवालाई पक्राउ गरेको छ ।
प्रहरीले बोक्सीको आरोपमा महिलालाई गालीगलौज गरेको आरोपमा दुई फरक घटनामा संलग्न ३ आरोपीलाई पक्राउ गरेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit