
कोरोनाविरुद्धको लडाँइमा सार्क सदस्य राष्ट्रहरुलाई सहयोग गर्ने अभियान अनुसार पाकिस्तान दूतावासले नेपाल सरकारलाई करिब २ करोड रुपैयाँ बराबरको पाकिस्तानमै निर्मित स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
नेपालका लागि पाकिस्तानका डेपुटी राजदूत अदनान जाभेद खानले बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई सहयोग हस्तान्तरण गरेका हुन् ।
पाकिस्तानले कोरोनाविरुद्ध सार्क राष्ट्रहरुबीच सहयोग प्रतिबद्धताअनुसार पाकिस्तानमै निर्मित ३० भेन्टिलेटर र ३९ सीपीएपी सहयोग गरेको हो । पाकिस्तान दूतावासका अनुसार उक्त सामग्रीको मूल्य करिब १ करोड ९० लाख रुपैयाँ रहेको छ ।
पाकिस्तान दूतावासले केही अघि पनि कोरोना उपचारमा सहयोगी ४ करोड ३० लाख मूल्य बराबरको मेडिकल सामग्री सहयोग गरेको थियो ।यस्तै पाकिस्तानी सेनाका तर्फबाट नेपाली सेनालाई समेत स्वास्थ्य सामाग्री हस्तानान्तरण गरिएको थियो ।
डेपुटी राजदूत खानले कोरोनाविद्धको लडाइँमा नेपालको साथमा पाकिस्तानको सधैं सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
सचिव डा. पोखरेलले कोरोना संक्रमण नियन्त्रणमा तथा उपचारमा पाकिस्तानले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गरे ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit