Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

रौतहटको सेफ नेपालका अध्यक्ष यादवविरुद्ध भ्रष्टाचार मुद्दा

रौतहटको सेफ नेपाल नामक संस्थाका अध्यक्ष रामनरेश राय यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

संस्थामार्फत सञ्चालित महिला जनचेतना कार्यक्रममा अनियमितता गरेको भन्ने उजुरीमा अनुसन्धान गर्दा यादवले भ्रष्टाचार गरेको पाइएको अख्तियारको दाबी छ । 

 

गढीमाई नगरपालिकासँग सेफ नेपाल, गौर–५ रौतहटले लक्षित वर्ग अन्तर्गत जनचेतना मूलक कार्यक्रम र महिला जनचेतना कार्यक्रमको लागि कार्यक्रम सञ्चालन गर्न नगरपालिकाले जिम्मेवारी तोकी सम्झौता गरी कार्यादेश एवं अनुदानसमेत दिइएकोमा यादवले नक्कली बिल भरपाई तयार गरी १ लाख ७२ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ । 

 

यादवलाई कैद र बिगोबमोजिमको जरिवानाको मागदाबीसहित विशेष अदालतमा म्ुद्दा दायर गरिएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै