
रौतहटको विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक घुस रकमसहित पक्राउ परेका छन् ।
प्रधानाध्यापक राकेशकुमार ठाकुरलाई तीन लाख रकम घुस लिइसकेको अवस्थामा बुधबार बिहान पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । ठाकुरसहित दीपेन्द्र सर्जिकल पसलका सञ्चालक दीपेन्द्रकुमार झा पनि पक्राउ परेका छन् ।
करार अवधि थप गर्नसेवाग्राहीसँग घुस मागेको आरोप उनीहरुमाथि छ । यमुनामाई गाउँपालिका–४ सरूअठ्ठास्थित चन्द्रनिगाहपुर गौरबाट उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
मकवानपुरको हेटौंडाबाट १० लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख इन्जिनियर इश्वरीप्रसाद जैसवाल बिरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको...
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit