Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

पर्यटन विकास आयोजनाका सव–इन्जिनियर घूस सहित पक्राउ 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विकास आयोजना वाग्मती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्र प्रसाद लामिछानेलाई ५० हजार रुपैयाँ घूस रकम सहित नियन्त्रणमा लिएको छ । 

 

आयोगबाट खटिएको विशेष टोलीले लामिछानेले सेवाग्राहीसँग निर्माण कार्य सम्पन्न पश्चात धरौटी रकम भुक्तानी दिने प्रयोजनका लागि अतिरिक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । 


उनलाई कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको आयोगले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै