
एक हजारभन्दा बढी युक्रेनी सैनिकले पूर्वी युक्रेनको बन्दरगाह सहर मारिउपोलमा आत्मसमर्पण गरेका छन् ।
रुसको रक्षा मन्त्रालयले बुधबार युक्रेनी सैनिकहरुले आत्मसमर्पण गरेको जानकारी दिएको हो ।
ती सैनिकहरुलाई रुसी सेनाले एक महिनाभन्दा बढी समयदेखि घेरामा राखेका थिए ।
मारिउपोल सहरमा १ हजार २६ युक्रेनी सैनिकहरूले स्वेच्छाले हतियार त्यागेर आत्मसमर्पण गरेको मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
रुसले फेब्रुअरी २४ देखि निरन्तर युक्रेनमाथि आक्रमण गर्दै आएको छ । पछिल्लो समय उसले आफ्नो आक्रमण युक्रेनको पूर्वी क्षेत्रमा तीव्र पारेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit