Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

काठमाडौं उपत्यकामा सबैभन्दा धेरै चोरिन्छ स्कुटर, दोस्रोमा पल्सर

चाेरी भएकाे स्कुटर बुझाउँदै एसएसपी जनक भट्टराई ।

काठमाडौं उपत्यकामा विभिन्न समयमा चोरी भएका २२ वटा साना सवारीसाधनमध्ये नौ थान सवारीसाधन स्कुटर छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीएका २२ सवारीसाधन खोजेर बुधबार यसका धनीहरुलाई बुझाएको हो । 

 

ती मध्ये पाँचवटा होण्डाको डिओ र  भाष्पा, रियो, सुजुकी र प्लेजर एक–एकवटा चोरी भएका छन् ।

 

यस्तै १० वटा बजाजका २२० र १५० सीसीका पल्सर मोटरसाइकल, अपाचे, सीपीएफ, डुक र अपाचे महाशाखाको सादा पोशाकबाट खटिएको प्रहरीले चोरीमा संलग्न सहित बरामद गरेको हो । 

 

महाशाखाका प्रमुख एसएसपी जनक भट्टराई असुरक्षित पार्किङ्ग स्थल, एकान्त स्थलमा पार्किङ गरेका र अतिरीक्त लक प्रयोग नगरेर, जुनसुकै साँचोले खोल्ने अवस्था भएका मोटरसाईकल बढी चोरी भएको बताउछन् । 


उनले सवारी साधनलाई चोरीहुनबाट जोगाउ सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनि ढुक्क नपर्न, ‘एकै छिन हो’ भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न भट्टराईले सुझाव दिए । 


 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै