Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनद्वारा आयल निगम घेराउ

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै आएको संयुक्त विद्यार्थी संगठनले टेकुस्थित नेपाल आयल निगमको केन्द्रिय कार्यालय घेराउ गरेको छ । 

 


शुक्रबार बिहान १० बजेबाट नेपाल आयल निगमको केन्द्रिय कार्यालय घेराउ गर्दै विद्यार्थी संगठनहरुले तत्काल मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई दबाव दिएका हुन् । त्यस अवसरमा विद्यार्थी संगठनका नेताहरुले आम जनता र विद्यार्थीहरुलाई चुल्हो समेत बल्न नदिने गरी एलपी ग्याँसलगायतका पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको राजीनामा माग गर्दै निगमका भ्रष्ट कर्मचारी र सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

 

 
सत्तारुढ नेकपा (माओवादी केन्द्र)मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी)मा आवद्ध अनेरास्ववियूसहितका विद्यार्थी संगठनका नेताहरुले आयल निगमका भ्रष्ट कर्मचारीहरुलाई सामाजिक रुपमा बहिष्कार गर्न आह्वान समेत गरेका छन् ।

 


उनीहरुले जनतालाई आहात हुने गरी बढाइएको मूल्यवृद्धि तत्काल फिर्ता गराउन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितका सत्तारुढ दलका नेताहरुलाई पनि दबाव दिइरहेका छन् ।

 

 

पेट्रोलियम पदार्थको पछिल्लो पटक मूल्यवृद्धि गरिएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा आबद्ध विद्यार्थी संगठन अनेरास्ववियुले पनि सरकारविरुद्धको आन्दोलनलाई चर्काएको छ ।

प्रतिक्रिया

1
  • Ekupyn

    फाल्गुण ३, २०७८

    order cialis pills - buy tadalafil cialis over the counter

प्रतिकृया थप्नुहोस्
  • Ekupyn

    फाल्गुण ३, २०७८

    order cialis pills - buy tadalafil cialis over the counter

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै