Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

स्वास्थ्य बिमा कार्यक्रम कम्पनीमार्फत परिचालन गर्ने व्यवस्था हटाउनुपर्छ : शक्ति बस्नेत

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद एवम् पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले स्वास्थ्य विमा कार्यक्रमलाई बिमा कम्पनीमार्फत् परिचालन गर्ने व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेका छन् । 

 


सांसद बस्नेतले स्वास्थ्य विमा ऐनको भावना विपरीत सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य विमा कार्यक्रमलाई निजी कम्पनीमार्फत् गर्ने परिचालन गर्ने  उल्लेख गरिएको भन्दै त्यसलाई तत्काल सच्याउन सरकारसँग माग गरेका हुन् ।

 

 

आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गतको विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले स्वास्थ्य विमा कार्यक्रमलाई आधारभूत स्वास्थ्य सेवासँग जोडेर नहेर्न पनि सरकारलाई सचेत गराए । 

 


बस्नेतले आधारभूत स्वास्थ्य सेवालाई संविधानमै मौलिक हकको रुपमा व्यवस्था गरेको भए पनि सोही अनुसार नागरिकले स्वास्थ्य सेवा पाउन नसकेको गुनासो गरे । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै