Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

कञ्चनपुरमा १९ वर्षीय किशोरीमाथि जबरजस्ती करणी, अभियुक्त पक्राउ

१९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेदकोट नगरपालिका-६ ओदाखाली बस्ने २३ वर्षीय धन बहादुर बिकलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

 

धन बहादुर र बेदकोट नगरपालिका-५ बिचफाटा बस्ने २४ वर्षीय सिप्पु खुनाले ती महिलालाई बिहीबार साँझ ललाई फकाई घरबाट स्थानीय नर्सरीमा लगि जबरजस्ती करणी गरेका थिए । 

 

उक्त खबर पाएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले धन बहादुरलाई पक्राउ गरेको हो ।  

 

सोही घट्नामा संग्लन फरार सिप्पु खुनाको खोजी कार्य जारी रहेको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

111
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै