Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित १ बंगलादेशी पक्राउ

फाइल तस्बिर

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित १ बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा बंगलादेशी नागरिक राहदानी नम्बर ईएन ०९८७८१ बाहक ३५ वर्षीय अस्राफुल इजलाम रहेका छन् । विमानस्थलबाट अवैध रुपमा लुकाई लैजाने लागेको करिब ३ सय ३३ ग्राम सुन जस्तो देखिन पहेंलो धातु सहित उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

 

हिमालयन एअरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौं हुँदै बंगलादेश जान लागेका उनलाई विमानास्थलमा खटिएको प्रहरीले ह्याण्ड ब्यागेजमा जाँच गर्दा २ सय ३३ ग्राम सुन जस्तो देखिने पहेंलो रंगको धातुको बिस्कुट २ थान र १ सय ग्रामको चेनरोल १ थान गरी जम्मा उक्त परिमाणको धातु उनीबाट बरामद गरेको छ ।

 

उनी उपर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट आवश्यक अनुसन्धान एवं कारवाही भइरहेको अन्तर्राराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै