Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

अष्ट्रेलिया र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता

अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले आइतबार आफ्ना चिनियाँ समकक्षी वेई फेंगेसँग वार्ता गरेका छन् । तीन वर्षयता ती देशका रक्षामन्त्रीबीचको पहिलो बैठक हो र यसलाई ‘महत्वपूर्ण पहिलो कदम’ भनी वर्णन  गरिएको छ ।

 

 

‘यो एकदमै स्पष्ट र पूर्ण आदानप्रदान गर्ने अवसर थियो जसमा मैले अष्ट्रेलियामा धेरै चिन्ताका मुद्दाहरू उठाएँ,’ मार्ल्सले एक सुरक्षा शिखर सम्मेलनमा बताएका छन् । 

 


सिंगापुरमा सांग्रिला सुरक्षा सम्मेलनको क्रममा उनीहरुबीच भेटवार्ता भएको हो । अष्ट्रेलियाको पूर्ववर्ती सरकारसँग असन्तुष्ट रहेकाले दुई मुलुकको सम्बन्ध तनावपूर्ण रहँदै आएको थियो । 

 


अष्ट्रेलियाका रक्षामन्त्री मार्लेसले चीनसँगको वार्ता दुई मुलुकबीचको सम्बन्ध सुधारको लागि महत्वपूर्ण रहेको बताए । दुई मुलुकबीचको सम्बन्ध सुधारको लागि यो पहिलो कदम रहेको उनको भनाइ छ ।  

प्रतिक्रिया

सम्बन्धित समाचार सबै