
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौंमा सार्वजनिक ठाउँहरु अतिक्रमिण र दोहन भइरहेको भन्दै त्यसलाई रोक्ने बारेमा गहन छलफल हुन आवश्यक रहेको बताएकी छिन् ।
मंगलवार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै झाँक्रीले यस्तो बताएकी हुन् । उनले अहिले भइरहेको सार्वजनिक जग्गा अतिक्रमण रोक्नु ठूलो चुनौती बनेको उल्लेख गरेकी छिन् ।
झाँक्रीले पछिल्लो समय बसाइँसराइ र शहरीकरण डरलाग्दो रुपमा बढिरहेको पनि उल्लेख गरेकी छिन्। उनले बसाइँसराइ एक किसिमले अवसर भए पनि त्यसलाई सदुपयोग गर्न नसकेको बताइन् ।
उनले भनिन्, ‘२०७८ को तथ्यांक हेर्दा पहाडबाट बसाइँसराइ हुने र तराईबाट पनि काठमाडौं लगायतका शहरमा बसाइँसराइ गर्ने सम्भावना बढिरहेको छ । तर यसलाई कसरी सदुपयोग गर्ने भन्ने कुरा हो ।’
नेपाल कम्युनिष्ट पार्टीको आइतबार बसेको स्थायी कमिटी बैठकले बलात्कार काण्डपछि मुुलधारको राजनीतिमा चर्चा बिमुख बनेका पूर्व सभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटीमा मनोनयन...
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit