Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

काठमाडौैंमा मनाइयो अम्बेडकर जयन्ती

 काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा बीपी कोइराला भारत–नेपाल फाउण्डेशन काठमाडौं सचिवालयले मंगलबार १३१ औं अम्बेडकर जयन्ती मनाएको छ । 

 

पूर्व सभामुख दमननाथ ढुङ्गाना, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापा, भारतका लागि नेपालका पूर्व राजदूत प्राध्यापक लोकराज बराल र बीपी कोइराला भारत–नेपाल फाउण्डेशनका सचिव नवीन कुमारको उपस्थितिमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले उक्त कार्यक्रमको उद्घाटन गरेका थिए । 

 

कार्यक्रममा काठमाडौं विश्वविद्यालय–नेपाल सेन्टर फर कन्टेम्पररी स्टडीजको पनि उद्घाटन गरिएको थियो। पूर्वराष्ट्रपति यादवले सामाजिक न्याय र समावेशीकरणका लागि डा. भीम राव अम्बेडकरको योगदान र भारतको संविधान निर्माणमा उनको उल्लेखनीय नेतृत्व र दूरदृष्टिको स्मरण गरेका थिए ।

 

पूर्व सभामुख ढुङ्गानाले नेपालसहित दक्षिण एसियाभरी नै अहिलेको परिप्रेक्ष्यमा बाबासाहेब अम्बेडकरको संवैधानिकता र विधिको शासनको सन्देशको सान्दर्भिकता उल्लेख गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै