
नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौड्यालको १६ महिनापछि सरुवा भएको छ । उनी १ साउन २०७७ बाट प्रवक्ताको जिम्मेबारीमा थिए ।
सैनिक मुख्यालय स्रोतका अनुसार पौड्याललाई शान्ति सेना निर्देशनालयमा निर्देशकको जिम्मेवारी दिइएको छ ।
अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रवक्ता नियुक्त गरेका उनी प्रधानसेनापति प्रभुराम शर्मा नियुक्त भएपछि पनि फेरिएका थिएनन् ।
सैनिक मुख्यालय जंगी अड्डाले सहायक रथी पौड्यालको ठाँउमा १ नम्बर बाहिनी बालाजुमा रहेका सहायक रथी नारायण सिलवाललाई दिइएको छ । उनी केही समयअघिमात्र पाकिस्तानमा नेशनल डिफेन्स कोर्स पुरा गरेका २७ बेसिकका सैनिक अधिकृत हुन् ।
सेनाको प्रवक्ताका रुपमा सहायक रथी पौड्यालले अवकाशप्राप्त प्रधानसेनापति थापा र उनको समूहबाट भएका गल्ती सच्याउने र सेनाभित्र 'ड्यामेज कन्ट्रोल मेकानिज्म' मा काम गरिरहेका थिए ।
सेनाभित्र करियर भएका अधिकृतका रुपमा परिचित पौड्याल आफ्नो क्षेत्रमा अब्बल मानिन्छन् ।
levitra vs cialis - oral cialis tadalafil 5mg canada
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
levitra vs cialis - oral cialis tadalafil 5mg canada