Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

काठमाडौंमा भारतको ‘कश्मीर कूटनीति’

स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र नेपालस्थित भारतीय राजदूतावासले काठमाडौंस्थित होटल एलोफ्टसँग सहकार्य गर्दै ‘आजादीका अमृत महोत्सव’ इन्डियन फुड फेस्टिभल ‘फ्लेभर्स अफ कश्मीर’ नामक कार्यक्रमको आयोजना गरेको छ ।

 

उक्त महोत्सवमा भारतीय प्रसिद्घ सेफ सञ्जय रैनाले तयार पारेका परिकारहरुका साथै कश्मीरका मौलिक परिकारहरुको प्रदर्शनी गरिएको थियो । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले उक्त ‘फ्लेभर्स अफ कश्मीर’ महोत्सवको शुक्रबार उद्घाटन गरे ।

 

फुड फेस्टिभल काठमाडौंको ठमेलस्थित होटेल एलोफ्टमा मंसिर २४ देखि पुस ४ सम्म चल्नेछ । भारतको कश्मीर प्राकृतिक छटाले मात्र भरिपूर्ण नभई खानाको परिकारको लागि पनि परिचित छ ।

 

 

भारतको ७५ औं स्वतन्त्र वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सव अन्तर्गत यस कार्यक्रमको आयोजना गरिएको हो । यो कार्यक्रम आजादीका अमृत महोत्सव इण्डियन फुड फेस्टिभल श्रृंखलाको शुरुवात पनि हो । 

 

उद्घाटन समारोहमा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका कलाकारहरूद्वारा कश्मीरको समृद्ध सम्पदा झल्काउने साँंस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै