नगरवासीको सुविधाका लागि काठमाडौँ महानगरपालिकाले अनलाइनबाट कर तिर्ने व्यवस्थाको सुरुआत गरे पनि प्रभावकारी हुन सकेको छैन ।
गत असोजदेखि महानगरपालिकाले अनलाइनबाट कर तिर्ने व्यवस्था सुरु गरेको थियो । हालसम्ममा १०० जनाले मात्र उक्त प्रणालीको प्रयोग गरी कर बुझाएका महानगरपालिकाले जानकारी गराएको छ । महानगरपालिकाको राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीका अनुसार धेरै नागरिक यस प्रविधिबारे जानकार नभएकाले पनि सोचेअनुरुप अनलाइनमार्फत कर असुल हुन नसकेको हो ।
‘यस व्यवस्थाले करदातालाई कार्यालयमा आएर लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ, तर यसबारे जानकार नहँदा अझै पनि धेरै करदाता कार्यालयमा नै आएर कर तीर्ने गरेका छन्’ उनले भने ।
कर
खाताबाटै सिधै तिर्नका लागि सेवाग्राहीले आफ्नो वडा कार्यालयमा गएर राजस्व सफ्टवेयरमा आफ्नो सम्पत्ति तथा व्यवसायको विवरण भरेर करदाता सङ्केत नम्बर लिनुपर्ने हुन्छ । अघिल्लो वर्ष नै सोही प्रविधिको प्रयोग गरी कर तिरको भए रसिदबाट समेत करतादा सङ्केत नम्बर र आन्तरिक सङ्केत नम्बर लिन सकिनेछ ।
चालु आर्थिक वर्षको असोजदेखि अहिलेसम्म महानगरपालिकाले यस प्रविधिको प्रयोग गरी रु १५ लाख रकम असुल गरेको छ, यो रकम कम हो यस तरिकालाई धेरैभन्दा धेरै नागरिकसम्म पु-याउनका लागि महानगरपालिकाले आगामी पुसदेखि नागरिकको घरघरमा जनचेतना कार्यक्रम सञ्चालन गर्नेछ । राजस्व असुली अनलाइन प्रणालीमार्फत भर्खर सुरु गरेको महानगरपालिकाले नक्सा पास र निर्माण सम्पन्न प्रमाणपत्रका लगि भने विगत तीन वर्षदेखि नै अनलाइन प्रणालीमार्फत काम गर्दै आएको छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को १३ मंसिरमा बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने भएका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit