Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

स्वीट्जरल्याण्ड सरकारले उपलब्ध गराएको खोप सर्वसाधारणलाई लगाइने 

नेपाल सरकारलाई स्वीट्जरल्याण्ड सरकारले कोरोना भाइरसविरुद्धको एस्ट्राजेनिका खोप एक लाख ४४ हजार मात्रा उपलब्ध गराएको छ । 

 


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डाक्टर रोशन पोखरेललाई नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले सो खोप हस्तान्तरण गरेकी हुन् ।

 

स्वास्थ्य सचिव डाक्टर पोखरेलले स्वीट्जरल्याण्ड सरकारले उपलब्ध गराएको खोप नेपालका सर्वसाधारणलाई लगाइने जानकारी दिए । उनले आगामी चैत मसान्तभित्रमा सबै नेपालीलाई खोप उपलब्ध गराउने बताए।

 

नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत क्यापलरले कोरोना भाइरसविरुद्धको रोकथाम र नियन्त्रणमा नेपाललाई सहयोग गर्दै आइरहेको बताइन्  । 

 


स्वीट्जरल्याण्ड सरकारले कोभ्याक्स सुविधाअन्तर्गत नेपाललाई खोप उपलब्ध गराएको हो । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै