
भारत प्रशासित जम्मु कश्मीरमा शुक्रबार ब्लाकआउट गरिने भएको छ । राति ८ बजेदेखि ९ बजेसम्म एक घन्टा ब्लाकआउट गर्न लागिएको हो ।
केन्द्र सरकारले अन्याय गरेको र कश्मीर आन्दोलनलाई दबाउन खोजेको भन्दै यस्तो विरोध गर्न लागिएको हो ।
सर्वदलीय सम्मेलन (एपीएचसी) ले ब्लाकआउटको पालना गर्नका लागि नागरिक समाज, व्यवसायी तथा अन्य समूहलाई आग्रह पनि गरेको छ ।
एपीएचसीका प्रवक्ताले श्रीनगरमा जारी गरेको विज्ञप्तिमा ‘कश्मीरवासीलाई अंकुश लगाउने तथा आत्मनिर्णयको अधिकारी खोस्ने भारतविरुद्ध ब्लाकआउटको पालना गर्न’ आग्रह गरेका छन् ।
नेताहरुले ब्लाकआउट केन्द्र सरकारको अन्यायको विरोधमा कश्मीरवासीको प्रतिरोधको प्रतीक हुने बताएका छन् ।
cheap tadalafil for sale - order cialis 5mg online cheap cialis next day delivery
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
cheap tadalafil for sale - order cialis 5mg online cheap cialis next day delivery