Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

१९ वर्षीय युवाले गरे फुडमाण्डुमा साइबर हमला

काठमाडौं उपत्यकाको लोकप्रिय अनलाइन रेडिमेड फुड सप्लायर्स फुडमाण्डुमा साइबर आक्रमण भएको छ । 

 

एकजना १९ वर्षीय युवाले फुडमाण्डुको  सूचना प्रणालीमा अनधिकृत पहुँच बनाई ग्राहकहरुको तथ्याँक सार्वजनिक गरेका हुन् । 

 

साइबर ब्यूरोले संचालन गरिरहेको अप्रेशन ह्याक्र हन्ट अन्तर्गत नवलपरासी पश्चिम सुनवल नगरपालिका  घरभई हाल काठमाण्डौ रानीबारीमा बस्ने दिनेश तिवारीलाई पक्राउ गरेको हो । 

 

उनले फुडमाण्डुको वेबसाइट मार्फत मुख्य सर्वरमा पहुँच पुर्याएर त्यहाँ रहेका ग्राहकहरुको विवरण चोरेका थिए । 


ब्यूरो प्रमुख एसएसपी नविन्द अर्यालले तिवारीले निजी क्षेत्रको अनलाइन बिजनेशमा रहेको डाटाबेश ब्रिच गरी अनधिकृत रूपमा पहुँच पुर्र्याएर सार्वजनिक गरेको बताए । 


तिवारी बिरुद्ध विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को परिच्छेद–९ बमोजिमको कसुर अनुसार अदालतबाट म्याद लिएर कारबाही भइरहेको ब्यूरोले जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

भारततर्फको खुला सीमाले सुरक्षा चुनौती थपियोः अध्यागमन विभाग 

भारतसँगको खुला सीमानाका कारण अवैध रुपमा नेपाल आउने विदेशी र नेपालबाट तेस्रो मुलुक जानेहरुलाई नियमन गर्न चुनौतीपूर्ण बन्दै गएको छ ।

मङ्सिर २५, २०७७